
--असल नेता छान्ने कार्यक्रममै धाँधली--नेताहरु भ्रष्ट भए, नेता भन्ने बित्तिकै खराब छवि मान्छेको मनमा आउने भयो भन्दै असल नेता टेलिभिजनको रियालिटी शोबाट छान्ने भन्दै केही साताअघिदेखि एउटा कार्यक्रम सञ्चालन भइरहेको थियो। खोज-युवा नेतृत्वको नामको यो कार्यक्रम लोकप्रिय पनि हुँदै थियो। पत्रकार युवराज घिमिरे, महिला अधिकारकर्मी सपना मल्ल प्रधान र संविधानविद् भीमार्जुन आचार्य यसका निर्णयक थिए। तर हेर बिजोग, असल नेता छान्ने कार्यक्रम मै धाँधली भएछ। अनि कहाँबाट छानिनु असल नेता? धाँधली भएको थाहा पाएपछि दाताले...